माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी

हिमाल प्रेस १५ माघ २०८० १२:५७ | Monday, January 29, 2024
2
SHARE
माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी

काठमाडौँ- माछापुच्छ्रे  बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ प्रवद्र्धनअन्तर्गत विद्यार्थीको क्षमता वृद्धिका लागि साझेदारी गरेको छ। साझेदारीअन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रायोजन गरेको हो।

बैंकले उक्त कलेजसँग आन्तरिक कार्यक्रमलाई प्रयोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाका लागि आफ्नै निगरानीमा राखी विभित्र आन्तरिक तथा ग्राहकमुखी इनोभेसनसम्बन्धी काम गर्नका लागि अवसर प्रदान गर्ने जनाइएको छ। जसले गर्दा बैंकले आईटी विषय लिई अध्यनरत विद्यार्थीलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भूमिका खेल्न मद्दत गर्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

एसएक्ससी स्यान्डबक्स आईटीसम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना गरिएको थियो जहाँ सहभागीहरूलाई सूचना तथा प्रविधि सम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गर्दछ।

प्रकाशित: १५ माघ २०८० १२:५७ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast