लक्ष्मी सन्‌राइज बैंक र अपर सेती हाइड्रो प्रालिबीच २० मेगावाटको जलविद्युुत् आयोजना निर्माण गर्ने सम्झौता

हिमाल प्रेस १५ माघ २०८० १२:५७ | Monday, January 29, 2024
लक्ष्मी सन्‌राइज बैंक र अपर सेती हाइड्रो प्रालिबीच २० मेगावाटको जलविद्युुत् आयोजना निर्माण गर्ने सम्झौता

काठमाडौँ- लक्ष्मी सन्‌राइज बैंक लिमिटेड र अपर सेती हाइड्रो प्रालिबीच सो कम्पनीको कास्की जिल्लास्थित सेती नदीमा २० मेगावाट क्षमताको मथिल्लो सेती खोला जलविद्युत् आयोजना निर्माण गर्ने आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ। आयोजनाको कुल लागत ४.०२ अर्ब रुपैयाँ छ।

अपर सेती हाइड्रोले माघ १७, २०७८ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत् उत्पादनको अनुमतिपत्र लिनुका साथै असोज १०, २०८० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौतासमेत गरिसकेको छ। सो कम्पनीको प्रवर्धकका  रूपमा व्यापारिक घराना केसी ग्रुप रहेको छ।

परियोजना निर्माणका लागि लक्ष्मी सन्‌राइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रवर्धक/संस्थापकहरुको लगानी रहनेछ। लक्ष्मी सन्‌राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ३.०२ अर्ब छ।

प्रकाशित: १५ माघ २०८० १२:५७ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast