आईएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसडरमा दीपक र दीपाश्री

हिमाल प्रेस १५ माघ २०८० १२:५७ | Monday, January 29, 2024
आईएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसडरमा दीपक र दीपाश्री

काठमाडौँ- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ब्रान्ड एम्बेसडरमा कलाकार दीपकराज गिरी र दीपाश्री निरौला नियुक्त भएका छन्। पोखरामा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमका बीच गिरी, निरौला र आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ।

सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत फुयालले कम्पनीका प्रचार–प्रसार, विभिन्न क्रियाकलापमा सहभागी भई इन्स्योरेन्स कम्पनीको पहिचान तथा साख वृद्धि लगायत बिमा सचेतनामा ब्रान्ड एम्बेसडरहरुको महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा विश्वस्त रहेको बताए।

नवनियुक्त ब्रान्ड एम्बेसडर गिरी र निरौलाले आईएमई लाइफ इन्सोरेन्स कम्पनीसँग आबद्ध हुन पाएकोमा गौरव महसुस गरेको बताए।

प्रकाशित: १५ माघ २०८० १२:५७ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast