प्रधानमन्त्री क्रिकेट कप : सुदूरपश्चिमसँग आर्मी र गण्डकीसँग पुलिस भिड्दै

हिमाल प्रेस १५ माघ २०८० ७:०९ | Monday, January 29, 2024
प्रधानमन्त्री क्रिकेट कप : सुदूरपश्चिमसँग आर्मी र गण्डकीसँग पुलिस भिड्दै

काठमाडौँ- प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन्।

सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ। अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ।

दश टोली सम्मिलित प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेश अंक तालिकाको पाँचौँ स्थानमा छ।

सुदूरपश्चिम हालसम्म खेलेका ६ खेलमध्ये चारमा विजयी हुँदै आठ अंक जोडेको छ । यस्तै आर्मी क्लब अंक तालिकाको चौथो स्थानमा छ। आर्मीले हालसम्म सात खेलमा पाँचमा जित हासिल गर्दै १० अंक जोडेको छ।

यसैगरी गण्डकी प्रदेश अंक तालिकाको आठौँ स्थानमा छ। गण्डकीले सात खेलमा दुईमा विजयी हुँदै चार अंक बनाएको छ।

यस्तै नेपाल पुलिस क्लब हालसम्म खेलेका ६ खेलमै जित हासिल गर्दै १२ अंकका साथ शीर्ष स्थानमा छ।

 

प्रकाशित: १५ माघ २०८० ७:०९ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast