राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन प्रस्तुत

हिमाल प्रेस १४ माघ २०८० १६:२५ | Sunday, January 28, 2024
राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन प्रस्तुत

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन प्रस्तुत गरेको छ। आयोगको टोली आइतबार राष्ट्रपति भवन पुगेर प्रतिवेदन बुझाएको हो।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति पौडेलसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन पेस गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी हुन्।

प्रकाशित: १४ माघ २०८० १६:२५ | Sunday, January 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast