आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा साढे २३ करोड

हिमाल प्रेस १४ माघ २०८० १५:४० | Sunday, January 28, 2024
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा साढे २३ करोड

काठमाडौँ- आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। यस त्रैमाससम्ममा कम्पनीको खुद नाफा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ९६.१४ प्रतिशतले बढेको हो। गत वर्ष सोही अवधिसम्म कम्पनीले ११ करोड ९६ लाख ७५ हजार खुद नाफा गरेको कम्पनीले जनाएको छ।

चालू आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख कुल बिमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बिमा शुल्क आर्जन १२.३३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बिमा शुल्क आर्जन ११.२० प्रतिशत बढी हो।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ। चालु आर्थिक वर्षको समीक्षा अवधिमा कम्पनीले सेयर प्रिमियम सिर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ संचित गरेको छ। यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३५ लाख रुपैयाँ र संचित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ रहेको छ।

यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ७४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २७ पैसा रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १४ माघ २०८० १५:४० | Sunday, January 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast