फिल्म ‘नमेटिने घाउ’ : प्रधानमन्त्रीको भूमिकामा केपी ओली

हिमाल प्रेस १४ माघ २०८० १३:५७ | Sunday, January 28, 2024
फिल्म ‘नमेटिने घाउ’ : प्रधानमन्त्रीको भूमिकामा केपी ओली

काठमाडौँ-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फिल्म ‘नमेटिने घाउ’ मा देखिने भएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई प्रधानमन्त्रीको भूमिकामा राखेर फिल्म नमेटिने घाउ बनाउन लागिएको हो।

फिल्ममा तेजाब आक्रमबाट पीडित किशोरी तथा महिलाको पीडा र उनीहरूको भोग्नु परेको अवस्था समेटिने बताइएको छ। यो चलचित्र नायक रमित ढुंगानाको हो। यस चलचित्रको निर्माता तथा निर्देशक पनि ढुंगाना नै हुन्। यस चलचित्रको छायांकन फागुन दोस्रो साताबाट सुरु हुने छ। आज चलचित्रको शुभमुहूर्त पनि गरिएको छ।

प्रकाशित: १४ माघ २०८० १३:५७ | Sunday, January 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast