दूरसञ्चार प्राधिकरणले अध्यक्षका लागि गर्‍यो आवेदन माग

हिमाल प्रेस १४ माघ २०८० ७:१९ | Sunday, January 28, 2024
दूरसञ्चार प्राधिकरणले अध्यक्षका लागि गर्‍यो आवेदन माग

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले अध्यक्ष पदका लागि आवेदन माग गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गरेर दरखास्त माग गरेको हो। दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकोका व्यक्तिले दरखास्त दिन सक्नेछन्।

कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा दस वर्षको अनुभव भएको, तर, सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्रांकित प्रथम श्रेणी, दसौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव प्राप्त गरेका व्यक्तिले आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

सूचना प्रकाशित भएको मितिले सात दिनभित्रमा आवेदन दिन सकिने मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: १४ माघ २०८० ७:१९ | Sunday, January 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast