पत्रकार महासंघ कास्कीले गर्‍यो सात पत्रकार सम्मानित

हिमाल प्रेस १२ माघ २०८० २०:२६ | Friday, January 26, 2024
पत्रकार महासंघ कास्कीले गर्‍यो सात पत्रकार सम्मानित

पोखरा- नेपाल पत्रकार महासंघ कास्कीले शुक्रबार सात पत्रकारलाई पुरस्कत गरेको छ। गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने (कान्तिपुर), वर्ष २०८० बाट ओम हमाल (जनसञ्चार) सम्मानित भए। यो पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मानपत्र छ।

आर्थिक पत्रकारिता पुरस्कार २०७८ बाट टंकराज अधिकारी (नेपाल समाचारपत्र) र वर्ष २०७९ बाट दीननाथ बराल (कारोबार दैनिक) सम्मानित भए। पुरस्कार राशि २० हजार छ।

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार–२०७९ बाट सन्देश श्रेष्ठ (नागरिक दैनिक र एभरेष्ट एफएम) सम्मानित भए। वर्ष २०८० प्रकाश ढकाल (आदर्श समाज) २० हजार सहित सम्मानित भए।

जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार–२०८० बाट कृपा भण्डारी (समय समाचार डटकम) पुरस्कृत भइन्। उनलाई २० हजार ५५५ सहित सम्मान गरिएको हो।

समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, पुरस्कारका संस्थापकहरूले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरे। पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सम्मानित पत्रकारको परिचय दिएका थिए।

प्रकाशित: १२ माघ २०८० २०:२६ | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast