राष्ट्रियसभा निर्वाचन : कर्णालीमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी

हिमाल प्रेस ११ माघ २०८० १९:०९ | Thursday, January 25, 2024
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी

सुर्खेत- राष्ट्रियसभा कर्णाली प्रदेशमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित भएका छन्। बिहीबार आएको मतपरिणामअनुसार गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएको सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए।

गठबन्धनबाट अन्यतर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार बनेका थिए।

जसमा महिलातर्फ गठबन्धनबाट सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ ११५ मत प्राप्त गरी विजयी हुँदा एमालेकी विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन्।

यस्तै दलिततर्फ गठबन्धनका विष्णु विकले प्रदेशसभामा २९ मत र स्थानीयतर्फ १२० मत प्राप्त गरी विजयी भए। एमालेका हिक्मत विकले प्रदेशसभातर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरे।

अन्यमा गठबन्धनका कृष्णबहादुर रोकायाले प्रदेशतर्फ ३० र स्थानीयतर्फ १२० मत प्राप्त गरी विजयी भए। एमालेका डिल्लीप्रसाद भट्टले प्रदेशमा १० र स्थानीयतर्फ ३६ मत पाए।

प्रकाशित: ११ माघ २०८० १९:०९ | Thursday, January 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast