माघ ११ देखि मण्डलामा ‘द जू स्टोरी’ मञ्चन

हिमाल प्रेस १० माघ २०८० १५:४० | Wednesday, January 24, 2024
माघ ११ देखि मण्डलामा ‘द जू स्टोरी’ मञ्चन

काठमाडौँ– माघ ११ अर्थात् भोलिदेखि थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘द जू स्टोरी’ मञ्चन हुने भएको छ। अमेरिकी नाटककार एडवर्ड अल्बीको नाटकलाई द वल्ड थिएटर नेपालले नेपालीमा रूपान्तरण गरेको हो। नाटक सजग रानाले निर्देशन गरेका छन्।

नाटकमा एक्लोपन महसुस गरिरहेका युवा पुस्ता, मानसिक रोगले पीडित र लैंगिक पहिचान बुझ्न नसकेका समुदायको कथा प्रस्तुत गरिएको निर्माण टिमले बताएको छ।

नाटकमा कलाकार राजकुमार पुडासैनी, विजय ताम्राकार, नर क्षेत्री र अदिति श्रेष्ठले अभिनय गरेका छन्।

द वल्ड थिएटरको प्रस्तुतिमा मञ्चन हुन नाटक सोमबारबाहेक साताको प्रत्येक दिन अपरान्ह ४ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो साढे १२ बजे र ४बजे गरी दुई शो हुने जनाइएको छ।

मण्डलामै कलाकार बुद्धि तामाङ र साेनाम लामा निर्देशित नाटक ‘मासिन्या’ पनि मञ्चन हुँदैछ।

प्रकाशित: १० माघ २०८० १५:४० | Wednesday, January 24, 2024

प्रतिक्रिया

One thought on “माघ ११ देखि मण्डलामा ‘द जू स्टोरी’ मञ्चन

  1. कलाकार को नाम नै सबौ थोक हो त्यही पनि भयो भने उसलाइ कस्तो हुन्छ???नवल लेखिएको नाम लाई सच्चाएर नर बनाउनु होला कृपया, लेख्दा हतार नगरी लेख्नु, बुझेर लेख्नु नत्र नलेख्नु…धन्यवाद ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast