पोखरा– पोखरा १८, चिसाखोला नजिक मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा २ घाइते भएका छन्।
बुधबार बिहान सवा ९ बजे ग ३ च २६०३ नम्बरको दूध बोक्ने बोलेरो जिप सडकबाट करिब २० फिट तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते चालक पोखरा १८, ग्यारजातिका ४९ वर्षीय कृष्णबहादुर थापाको उपचारका क्रममा साढे १० बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
यस्तै सोही ठाउँ बस्ने ६९ वर्षीय हिमकला थापा र ७० वर्षीया चन्द्रकला थापा घाइते छन्। उनीहरूको मणिपालमै उपचार भइरहेको छ।
प्रकाशित: १० माघ २०८० १३:२२
प्रतिक्रिया