संसद्‌को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

हिमाल प्रेस ९ माघ २०८० १६:४१ | Tuesday, January 23, 2024
संसद्‌को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ– सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को हिउँदे अधिवेशन माघ २२ गते आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले माघ २२ गते अपराह्न संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्ने निर्णय भएको जानकारी दिइन्। यसअघि संसदको बजेट अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो। अघिल्लो अधिवेशनमा सरकारले संसद्‌लाई बिजनेस दिन नसकेको भने निकै आलोचना भएको थियो।

प्रकाशित: ९ माघ २०८० १६:४१ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast