मेलम्चीको पानी बाह्रै महिना आपूर्ति गर्न सकिँदैन : खानेपानीमन्त्री

हिमाल प्रेस ८ माघ २०८० १३:५३ | Monday, January 22, 2024
मेलम्चीको पानी बाह्रै महिना आपूर्ति गर्न सकिँदैन : खानेपानीमन्त्री

काठमाडौँ- खानेपानीमन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुंगेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी राजधानीवासीलाई बाह्रै महिना खानेपानी उपलब्ध गराइने प्रतिबद्धता गरेका छन्।

उनले राष्ट्रिय गौरवको आयोजना मेलम्चीको पानी हाललाई बाह्रै महिना आपूर्ति गर्न नसकिने भएकाले ढुंगेधारासहितका अन्य वैकल्पिक स्रोतको अधिकतम प्रयोग गरी उपत्यकावासीलाई खानेपानी उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताए।

मन्त्री यादवले भने,‘अहिले देशभर स्वच्छमा २५ प्रतिशत र आधारभूत खानेपानीमा ९५ प्रतिशत जनताको पहुँच पुगेको छ। राजधानीवासीलाई बर्सातमा मेलम्चीको विकल्पमा ढुंगेधारा र अरु स्रोतबाट राति खेर गइरहेको पानीको व्यवस्थापन र समुचित प्रयोगका लागि सरकारले गृहकार्य गरिरहेको छ।’ रासस

प्रकाशित: ८ माघ २०८० १३:५३ | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast