काठमाडौँ- काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार मटरकोशाको अधिकतम मूल्य प्रतिकिलो ९० रुपैयाँ तोकिएको छ । यस्तै गोलभेँडा ठूलो (नेपाली) को ६० र गोलभेँडा सानो लोकलको २५ रुपैयाँ कायम भएको छ ।
यस्तै आलु रातोको ३८, प्याज सुकेको भारतीयको ८२, चाइनिजको ६५, काउली स्थानीयको ४० रुपैयाँ रहेको छ ।
यसैगरी जुनारको २५०, लम्सीको ८०, तरुलको ७०, केराको ९दर्जन० १४०, अनारको ३०० रुपैयाँ कायम भएको छ ।
प्रकाशित: ७ माघ २०८० ७:१९
प्रतिक्रिया