ग्लोबल आइएमईका ८ शाखारहित बैंकिङ एकाइ सुरु

हिमाल प्रेस १० पुष २०७९ ११:३८ | Sunday, December 25, 2022
ग्लोबल आइएमईका ८ शाखारहित बैंकिङ एकाइ सुरु

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले ८ नयाँ शाखारहित बैंकिङ एकाइ सुरु गरेको छ।

बैंकले धनुषाको धारापानी, महोत्तरीको मनरा सिसवा, गुल्मीको मुसिकोट, बडागाउँमा शाखारहित सेवा सुरु गरेको हो। त्यस्तै उदयपुरको कटारी, अर्घाखाँचीको पाणिनी, कपिलवस्तुको बानियाभार र कैलालीको हरैयापुरमा नयाँ शाखारहित बैंकिङ एकाइ सुरु गरेको छ।

नयाँ ८ सँगै ग्लोबल आइएमई बैंकको शाखारहित एकाइको संख्या २८३ पुगेको छ।

शाखारहित एकाइबाट ग्राहकले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्नेलगायतको सुविधा उपभोग गर्न सक्छन्।

प्रकाशित: १० पुष २०७९ ११:३८ | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast