गरिमा विकास बैंकको फाइभ इन वान बचत खाता सार्वजनिक

हिमाल प्रेस ३ माघ २०८० १२:२३ | Wednesday, January 17, 2024
गरिमा विकास बैंकको फाइभ इन वान बचत खाता सार्वजनिक

काठमाडौँ– गरिमा विकास बैंकले ग्राहकका लागि गरिमा फाइभ इन वान बचत खाता सेवा सार्वजनिक गरेको छ। गरिमा फाइभ इन वान बचत खातामा ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो सेयरको र सी आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ।

यस खाताअन्तर्गत ग्राहकले न्यूनतम एक हजार रुपैयाँमा खाता खोली निःशल्क सेवाअन्तर्गत मोबाइल बैकिङ, वेब बैंकिङ, एटीएम, सी आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट, सेयर ट्रेडिङ मेरो सेयर खाताका साथै लकर सेवामा ५० प्रतिशतसम्म छुटको सुविधा रहेको बैंकले जनाएको छ। यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाता खोल्न सक्नेछन्।

गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिङ प्लेटफर्मसमेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भ गरेको हो। काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैकले नेपालका विभिन्न सहरी तथा ग्रामीण जिल्लाा १२३ शाखा कार्यालय ५१ एटीएमबाट करिब ८ लाख ग्राहकलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ।

प्रकाशित: ३ माघ २०८० १२:२३ | Wednesday, January 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast