काठमाडौँ- बुध्द एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको आज (आइतबार) निधन भएको छ। बस्नेतको ९५ वर्षको उमेरमा निधन भएको हो।
भोजपुरको दिंगलास्थित साल्मामा १९८४ साउन २७ गते जन्मिएका बस्नेतले बनारस हिन्दू विश्वविद्यालयबाट एम ए एलएललबी अध्ययन गरेका थिए। उनले विभिन्न छानबिन तथा निरूपणका लागि शाही आयोगहरूमार्फत सेवासमेत गरेका थिए।
७० वर्षको उमेरमा बुध्द एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको सुरूवात पनि उनले गरेका हुन्। उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्षसमेत भएका थिए।
प्रकाशित: १० पुष २०७९ ८:२१ | Sunday, December 25, 2022
प्रतिक्रिया





