कन्दराको सांगीतिक कार्यक्रममा आइएमई पेको उत्कृष्ट व्यवस्थापन

हिमाल प्रेस २ माघ २०८० १७:४७ | Tuesday, January 16, 2024
कन्दराको सांगीतिक कार्यक्रममा आइएमई पेको उत्कृष्ट व्यवस्थापन

काठमाडौँ- नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले पोखरा प्रदर्शनी केन्द्र, पोखरामा भर्खरै सम्पन्न ‘कन्दरा- लाइभ इन पोखरा’ इभेन्टका लागि विशेष टिकेटिङ पार्टनरका रूपमा आफ्नो भूमिका उत्कृष्टताका साथ सम्पन्न गरेको जनाएको छ।

संगीत, ऊर्जा र अविस्मरणीय पलहरूले भरिएको रातमा नेपाली दर्शकसामु आन्तरिक पर्यटनको सन्देश ‘पहिला घरदेश, अनि परदेश’ को नारा लिएर कन्दरा ब्यान्डले वर्षकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम समापन गरेको छ। कन्दारले आफ्नो सांगीतिक टुरको पहिलो कार्यक्रम पोखरामा पुस २७ गते प्रस्तुत गरेको थियो।

कन्दरा ब्यान्डका यी सम्पूर्ण कार्यक्रमका साथै कन्दरा ब्यान्डको नै व्यवस्थापन गरिरहेको कम्पनी एल्फा स्क्वायर (एएसक्यू) का अनुसार पोखरा प्रदर्शनी केन्द्रमा आयोजित यस कार्यक्रममा १० हजारभन्दा बढी दर्शकको उपस्थिति थियो।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस कार्यक्रमको सफल रूपमा समापनमा भएकोमा खुसी व्यक्त गरे। उनले सबै क्षेत्रका संगीतप्रेमीलाई एकसाथ ल्याउने यस्तो उल्लेखनीय साँझको एक हिस्सा हुन पाउँदा मनोरञ्जन तथा इभेन्ट उद्योगमा आइएमई पेका तर्फबाट उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई सुदृढ बनाएको बताएका छन्।

आइएमई पे नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

प्रकाशित: २ माघ २०८० १७:४७ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast