एनआईबीएल स्टेबल फन्डको सार्वजनिक निष्कासन

हिमाल प्रेस २ माघ २०८० १५:२८ | Tuesday, January 16, 2024
एनआईबीएल स्टेबल फन्डको सार्वजनिक निष्कासन

काठमाडौँ– नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, कोष प्रवर्धक तथा एनआईएमबी एस क्यापिटल लि योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने छैटौँ योजना एनआईबीएल स्टेबल फन्डको सार्वजनिक निष्कासन मंगलबार सुरु भएको छ।

यस योजना सञ्चालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट मंसिर २१ गते प्राप्त भएको थियो। योजनाको आकार एक अर्ब र समयावधि १२ वर्षको छ। यो हालसम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजनासमेत रहेको कम्पनीको दाबी छ।

योजनाको अवधिभर यस योजनाले वार्षिक प्रतिफलका रूपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना एकाइधनीहरुलाई दिन सक्ने प्रक्षेपणसमेत गरिएको छ। योजनाको सार्वजनिक निष्काशन मिति २०८०/१०/२ देखि छिटोमा २०८०/१०/५ र ढिलोमा २०८०/१०/१६ गते सम्म रहनेछ।

इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम एक हजार रुपैयाँदेखि अधिकतम १० करोडसम्म लगानी गर्न सक्नेछन्। लगानीकर्ताहरुले आफ्नो सी–आस्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगइन गरी अनलाइन आवेदन दिन सक्नेछन।

‘एनआईबीएल म्युचुअल फन्ड’ अन्तर्गत यसअघि नै चार बन्दमुखी योजना तथा एक खुलामुखी योजना समेत सञ्चालनमा रहेको छ।

प्रकाशित: २ माघ २०८० १५:२८ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast