रोयल इन्फिल्डको लेडी बाइकर्स राइड आयोजना

हिमाल प्रेस २ माघ २०८० १२:२४ | Tuesday, January 16, 2024
रोयल इन्फिल्डको लेडी बाइकर्स राइड आयोजना

काठमाडौँ- रोयल इन्फिल्डको लेडी बाइकर्स राइड आयोजना भएको छ। निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इन्फिल्ड’ का लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले इन्स्पायर इन्क्लुसन भन्ने मूल नाराका साथ रोयल इन्फिल्ड लेडी राइड कार्यक्रम आयोजना गरिएको जनाएको छ।

राइडमा २२ वटा विभिन्न मोडलका रोयल इन्फिल्डका मोटरसाइकलमा लेडी बाइकर्स सहभागी भएका थिए।  कार्यक्रमको उद्देश्य सडक सुरक्षाबारे सचेतना, व्यवस्थित ड्राइभको प्रवर्धन , महिला सशक्तीकरण, समावेशीकण र दुईपांग्रे सवारीमार्फत पर्यटन प्रवर्धन गर्नु रहेको कम्पनीले जनाएको छ।

शनिबार बिहान ८ः३० बजे रोयल इन्फिल्डको सोरुम टेकुबाट सुरु भएको राइड त्रिपुरेश्वर, न्युरोड गेट, जमल, दरबारमार्ग, कमलपोखरी, कालो पुल, गौशाला, चाबहिल, बौद्ध, जोरपाटी हुँदै ग्रान्ड नोरलिङ रिसोर्ट गोकर्णसम्मको रहेको थियो।

नोरलिङ रिसोर्टमा लेडी राइडसबीच बाइक पुस कम्पिटिसन, रोयल इन्फिल्डका हेल्मेट टावर कम्पिटिसन र म्युजिकल चियर कम्पिटिसन गेम भएको थिया। बाइक पुस कम्पिटिसनमा प्रशंसा थापा, हेल्मेट टावर कम्पिटिसनमा सिर्जना भट्ट र म्युजिकल चियर कम्पिटिसनमा वर्षा कार्की विजयी भएका थिए।

राइडमा सहभागी एवं विजेतालाई प्रमाणपत्र र रोयल इन्फिल्डको ग्राफिटी हेल्मेट, रोयल इन्फिल्डको राइडिग पन्जा पासपोर्ट होल्डर प्रदान गरिएको अल्फा अटोमेटिभ प्रालिले जनाएको छ।

प्रकाशित: २ माघ २०८० १२:२४ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast