गभर्नर अधिकारीको नक्कली ह्वाट्सएप बनाएर मागियो पैसा

हिमाल प्रेस २९ पुष २०८० १५:४६ | Sunday, January 14, 2024
गभर्नर अधिकारीको नक्कली ह्वाट्सएप बनाएर मागियो पैसा

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको फोटो दुरुपयोग गरेर ह्वाट्सएपमार्फत पैसा मागेको पाइएको छ। अधिकारीको फोटो राखिएको ह्वाट्एपमार्फत राष्ट्र बैंककै एक अधिकारीसँग रकम मागेको तथ्य खुलेको हो।

९८१४४८६४४९ मोबाइल नम्बर भएको ह्वाट्सएप आईडीमा गभर्नर अधिकारीको फोटोसहितको नाम राखेर दुरुपयोग गरिएको भन्दै राष्ट्र बैंकले सचेत रहन समेत आग्रह गरेको छ। घटनाबारे राष्ट्र बैंक नेपाल प्रहरीको साइबर ब्युरोलाई जानकारी पनि गराइसकेको छ।

‘यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सएप एकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणमा अनुरोध छ’ राष्ट्र बैंकले भनेको छ।

प्रकाशित: २९ पुष २०८० १५:४६ | Sunday, January 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast