महालक्ष्मी विकास बैंंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

हिमाल प्रेस २९ पुष २०८० १३:४० | Sunday, January 14, 2024
महालक्ष्मी विकास बैंंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ– महालक्ष्मी विकास बैंक लिमिटेडकोे २२औँ वार्षिक साधारणसभा पुस २८ गते सम्पन्न भएको छ। सञ्चालक समितिका राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको सभाले आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ।

बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, आव २०७९/८० को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरि स्वीकृत भएका छन्।

यसैगरी वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

उक्त साधारणसभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार÷लगानी कर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ। सभाले आव २०८०/८१ मा बैंकको लेखापरीक्षण गर्न जेबी राजभण्डारी एण्ड डिबिन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ। साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ।

सभाका अध्यक्ष उपाध्यायले सेयरधनीहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले ग्राहकहरुको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरुलाई विशिष्टीकरण गर्दै अझ बढी सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रण गर्नुका साथै आगामी दिनमा थप प्रगति हासिल गर्न जस्तोसुकै प्रतिकूल परिस्थितिको पनि सामना गर्न सक्ने तयारी गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्घता व्यक्त गरे। साथै सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्‍याएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदासयता निरन्तर प्राप्त हुने आशा प्रकट गरेका छन्।

प्रकाशित: २९ पुष २०८० १३:४० | Sunday, January 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast