मुक्तिनाथ विकास बैंकले १०.२६ प्रतिशत लाभांश दिने

हिमाल प्रेस २९ पुष २०८० १२:३७ | Sunday, January 14, 2024
मुक्तिनाथ विकास बैंकले १०.२६ प्रतिशत लाभांश दिने

काठमाडौँ– मुक्तिनाथ विकास बैंक लिमिटेडले पुस २८ गते पोखरामा आफ्नो १७औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

साधारणसभाले आव २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरूलाई १०.२६ प्रतिशत लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ। उक्त लाभांश मध्ये ९.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश रहेको छ। सभाले आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावसमेत पारित गरेको छ।

बंैकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०७९/८० को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए। सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रष्ट पारेका थिए। सोही समारोहमा बैंकका पूर्वअध्यक्ष मीनप्रसाद गुरुङले शुभकामना मन्तव्य राखेका थिए।

वार्षिक साधारणसभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ। नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायणकुमार श्रेष्ठ, भरतप्रसाद लम्साल, विनोदकुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन भएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए।

प्रकाशित: २९ पुष २०८० १२:३७ | Sunday, January 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast