पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको साधारण सभा सम्पन्न

हिमाल प्रेस २७ पुष २०८० १६:२३ | Friday, January 12, 2024
पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको साधारण सभा सम्पन्न

काठमाडौँ– पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सातौँ र आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अध्यक्षतामा पुस २४ गते सम्पन्न भएको सभामा संस्थापक सेयर सदस्य, सर्वसाधारण सेयर सदस्य, कम्पनीका कर्मचारीलगायतको उपस्थिति थियो।

उक्त सभाबाट सर्वसाधारण सेयरधनी (समूह ख)को तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक र स्वतन्त्र सञ्चालक १ जनाको निर्वाचन तथा मनोनयन कार्यक्रम रहेकोमा सर्वसाधारण सेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र सञ्चालकमा बरदान गिरी निर्वाचित तथा मनोनय गरी नयाँ कार्यसमितिको गठन गरिएको छ। साथै कार्यक्रममा कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरिएको थियो।

प्रकाशित: २७ पुष २०८० १६:२३ | Friday, January 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast