एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने

हिमाल प्रेस २७ पुष २०८० १५:२४ | Friday, January 12, 2024
एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने

काठमाडौँ– एनसेलका सबै ग्राहकले अब प्रत्येक रु ५० वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले पुष २४ देखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजनाअन्तर्गत प्रदान गरिँदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ।

यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा १००० एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्दछन्। यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुन्छ। बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहनेछ। एनसेल सापटीमार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुन्छ।

यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डेटा पाइने गरि यो बोनस डेटा योजना मंसिर २५ बाट सञ्चालनमा ल्याइएको थियो। अब यसै योजनाअन्तर्गत दोब्बर बोनस डेटा पाइने भएकाले यसले ग्राहकहरुलाई ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ।

प्रकाशित: २७ पुष २०८० १५:२४ | Friday, January 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast