काठमाडौँ- कर्मचारी सञ्चय कोषले स्वास्थ्य उपचार सुविधामा सञ्चयकर्ताका पतिपत्नीलाई नै समावेश गराउने भएको छ।
सार्वजनिक सूचनामार्फत कोषले आगामी फागुन १ गतेदेखि सो सुविधा पतिपत्नी दुवैले प्राप्त गर्ने जानकारी गराएको हाे। यसअघि कोषले साविकमा सञ्चयकर्तालाई मात्र उक्त सेवा उपलब्ध गराउँदै आएको थियो।
कोषले सूचीकृत अस्पतालमा मात्र सञ्चयकर्ता वा पतिपत्नीको उपचार गराई सुविधा उपभोग गर्न पनि अनुरोध गरेको छ।
कोषले साधारण रोगको उपचारमा बढीमा एक लाख रुपैयाँ र घातक रोगको उपचारमा सेवा अवधिभर १० लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।
सूचना

अस्पतालकाे विवरण
प्रकाशित: २७ पुष २०८० १०:२९ | Friday, January 12, 2024
प्रतिक्रिया





