टाटा मोटर्स फन कार्निभल ३.० आयोजना

हिमाल प्रेस २६ पुष २०८० १३:२६ | Thursday, January 11, 2024
टाटा मोटर्स फन कार्निभल ३.० आयोजना

काठमाडौँ– नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ। यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु साट्न सकिने छ। ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारी प्रतिको रुचि तथा चाहनालाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो। मेला पुस २७ गतेदेखि २९ गतेसम्म उपत्यका बाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्धार्थ कटेज बुटवल, सिप्रदी ट्रेडिङ बुद्ध चोक पोखरा र टाउन हल प्लानिङ विरगंज आयोजना गर्न लागिएको हो।

फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एसिसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्। यस कार्निभलको मुख्य उद्देश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जनमार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो। यस कार्यक्रमको वबसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्।

प्रकाशित: २६ पुष २०८० १३:२६ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast