राष्ट्रपतिसँग आयरल्याण्डका सभाध्यक्षको भेट

हिमाल प्रेस २६ पुष २०८० १३:२६
4
SHARES
राष्ट्रपतिसँग आयरल्याण्डका सभाध्यक्षको भेट

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति भवनमा आज भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको र त्यसले लोकतन्त्र, समावेशीकरण एवं सङ्घीयतालाई संस्थागत गर्न योगदान पुर्याउनेमा नेपाली जनता विश्वस्त रहेका बताए।

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपाल र आयरल्याण्डबीचको सौर्हादपूर्ण सम्बन्धलाई अझ बलियो बनाउँदै भविष्यमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रमा आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित: २६ पुष २०८० १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast