काठमाडौँ- कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट निर्वाचित भएका छन्। आज मंगलबार बसेको कोशी प्रदेश सभाको बैठकले विष्टठलाई सर्वसम्मत सभामुख चयन गरेको हो। त्यस सम्बन्धमा सभाले आजै निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो ।
विष्टलाई सभामुख बनाउन राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेका थिए। उनको प्रस्तावलाई राप्रपा सांसद प्रेमराज थाम्सुहाङले समर्थन गरेका थिए। उक्त प्रस्ताव सबै दलका सांसदले सर्वसम्मतिले पारित गरे।
गठबन्धनको सरकार गठन प्रयोजनका लागि तत्कालीन सभामुख बाबुराम गौतमले साउन १६ गते आफ्नो पदबाट राजीनामा दिएका थिए।
सभामुख पदमा अन्य कोही सदस्यको मनोनयन नपरेपछि उनी सर्वसम्मत निर्वाचित भए।
प्रकाशित: २४ पुष २०८० १६:०८
प्रतिक्रिया