अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी हुने

हिमाल प्रेस ९ पुष २०७९ १३:१४ | Saturday, December 24, 2022
अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी हुने

काठमाडौँ- काठमाडौँमा ‘अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी’ हुने भएको छ। जुत्ता उत्पादक संघ नेपालको आयोजनामा यही पुस २१ देखि २३ गतेसम्म उक्त प्रदर्शनी हुन लागेको हो।

स्वदेशी र विदेशी उद्योगी तथा व्यवसायीबीच परस्पर व्यवसाय प्रवर्द्धन गर्ने उदेश्यले नेपालमा पहिलोपटक ‘गोल्डस्टार १६औँ अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी–२०७९ हुन लागेको हो।

स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने मुख्य उदेश्यले प्रदर्शनी गर्न लागिएको सङ्घका अध्यक्ष नानीराज घिमिरेले जानकारी दिए। नेपालमा उत्पादन भएका जुत्ताचप्पललाई विश्व बजारमा पु¥याउन प्रदर्शनीबाट सहयोग पुग्ने उनको भनाइ छ।

अन्तर्राष्ट्रियस्तरको जुत्ताचप्पल मेलाले विदेशमासमेत नेपाली उत्पादन निर्यात गर्न सहज हुने अध्यक्ष घिमिरेले बताए। स्वदेशमा उत्पादित जुत्ताचप्पललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्दै उनले मेलाको ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए।

संघका उपाध्यक्ष एवं मेलाका संयोजक सुरज बञ्जाडेले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कच्चापदार्थ, मेशीनरी सप्लायर्स र क्रेता मेलामा सहभागी हुने बताए।

‘मेलाबाट जुत्ताचप्पलको व्यापार प्रवद्र्धनमा सहयोग पुग्नेछ’, उनले भने। प्रदर्शनीमा नेपालभरका जुत्ताचप्पल व्यवसायसँग सम्बधित उद्योगीका लागि कक्ष बुकिङ खुला गरिएको छ।

तीन दिनसम्म चल्ने उक्त मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। थोक तथा खद्रा व्यवसायीलेसमेत प्रदर्शनीको अवलोकन गर्न सक्नेछन्।

प्रकाशित: ९ पुष २०७९ १३:१४ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast