विश्वकप क्रिकेट : समूह ‘डी’मा नेपाल, तीन टेस्ट राष्ट्रको सामना गर्ने

हिमाल प्रेस २० पुष २०८० २१:२८
14
SHARES
विश्वकप क्रिकेट : समूह ‘डी’मा नेपाल, तीन टेस्ट राष्ट्रको सामना गर्ने

काठमाडौँ- आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी ट्वान्टी–२० विश्वकपको समूह विभाजन र खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले शुक्रबार खेल तालिका र समूह सार्वजनिक गरेको हो।

समूह ‘डी’ मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन्।

नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ। दोस्रो खेल जुन २३ मा श्रीलंकासँग खेल्नेछ। यी खेलहरू अमेरिकामा हुनेछन्।

बाँकी दुई खेल नेपालले वेस्ट इन्डिजमा गएर खेल्नेछ। जुन १४ मा दक्षिण अफ्रिका तथा जुन १६ मा बंगलादेशसँग खेल्नेछ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका तथा समूह बी मा इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन्।

समूह ‘सी’ मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन्।

विश्वकप जुन १ देखि २९ सम्म हुनेछ।

प्रकाशित: २० पुष २०८० २१:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast