काठमाडौँ- पुष २७ देखि प्रदर्शन हुने फिल्म ‘चित्रा’ को ट्रेलर सार्वजनिक भएको छ। करिब ३ मिनेटकाे ट्रेलरमा बाबु-छोरीको कथा र पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ।
फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान,अर्पण थापा, प्रमोद अग्रहरि, प्रकाश घिमिरे, शुभेच्छा थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेललगायत कलाकारको अभिनय छ।
घनश्याम लामिछानेको निर्देशित फिल्ममा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा तथा संवाद छ। फिल्मका निर्माता आशिष थापा मगर हुन् भने कार्यकारी निर्मातामा कलाकार सन्तोष अधिकारी छन्।
महेश पौडेलले छायांकन गरेको फिल्म बनिश शाह र सन्देश शाहले सम्पादन गरेका छन्। सन्तोष अधिकारी फिल्म्स्को ब्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको छ।
ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी अख्तियारको नियन्त्रणमा, ३ लाख घुस रकमसमेत भेटियो


