यस्तो बन्यो ‘पर्खि बसेँ तिमीलाई’ को शीर्ष गीत

हिमाल प्रेस १७ पुष २०८० १५:३३ | Tuesday, January 2, 2024
यस्तो बन्यो ‘पर्खि बसेँ तिमीलाई’ को शीर्ष गीत

काठमाडौँ– फिल्म ‘पर्खि बसेँ तिमीलाई’ को शीर्ष गीत सार्वजनिक भएको छ। मंगलबार बुढा सुब्बा  डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।

गीतमा गायकगायिका प्रमोद खरेल र अनु चौधरीको स्वर छ। डा. कृष्णहरि बरालको शब्द रहेको गीतमा महेश खड्काले संगीत भरेका छन्। प्रेमिल गीतको भिडियोमा फिल्मका मुख्य कलाकार रक्षा बुढाथोकी र किरण श्रेष्ठको अभिनय छ।

दीपक श्रेष्ठ निर्देशित फिल्म पुस २७ गते प्रदर्शन हुनेछ। फिल्ममा अन्य कलाकार शिव श्रेष्ठ, अनिशा रसाइली, विल्सन विक्रम राई, सुनिता श्रेष्ठलगायतको अभिनय छ।

फिल्म परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलले लेखेका छन्। नेपालसँगै सिक्किममा छायांकन गरिएको फिल्मका छायाकार संकल्प भुजेल हुन्। फिल्म भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

राजाराम बुढाथोकी निर्माता रहेको फिल्ममा कोमल गुरुङ सह-निर्माता छन्। रोमान फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: १७ पुष २०८० १५:३३ | Tuesday, January 2, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast