कर्णाली कांग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत

हिमाल प्रेस ८ पुष २०७९ १७:३३ | Friday, December 23, 2022
कर्णाली कांग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत

सुर्खेत– कर्णाली प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत भएका छन्। उनको विरुद्धमा दल नेतामा दाबी गरिरहेका राजिवविक्रम शाह पछि हटेपछि शाही सर्वसम्मत चयन भएका हुन्।

शाह शाहीको प्रस्तावक बनेका छन् भने जानकी सिंह समर्थक रहेकी छन्। शाही कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत हुन्। तत्कालीन अवस्थामा नेकपाको सरकार ढलेपछि महेन्द्रबहादुर शाही मुख्यमन्त्रीबाट हटेपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

कांग्रेस कर्णाली प्रदेशसभा कार्यसमितिले शनिबार दलको नेताको निर्वाचन गर्नका लागि कार्यसूची नै सार्वजनिक गरेको थियो। तर उनका प्रतिष्पर्धी रहेका राजिवविक्रम पछि हटेपछि शाही दलको नेतामा चयन भएका हुन्।

कांग्रेस दलको नेतामा जीवनबहादुर चयन भएपछि कर्णालीमा कांग्रेसको सरकार बनेको अवस्थामा उनी नै मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।

प्रकाशित: ८ पुष २०७९ १७:३३ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast