काठमाडौँ- सन्तोष अधिकारीको लामो समयदेखिको फिल्म खेल्ने सपना पूरा हुँदैछ। २२ वर्षदेखि फिल्म खेल्ने चाहना बोकेका उनी फिल्म ‘चित्रा’बाट डेब्यु गर्दैछन्।
फिल्म यही पुस २७ देखि प्रदर्शन हुँदैछ। मिति नजिकिँदै गर्दा सन्तोषमा थोरै डर र धेरै उत्साह छ। फिल्ममा केन्द्रीय भूमिकामा देखिदैँछन्, जहाँ उनलाई एउटी छोरीको बाबुका रूपमा देख्न सकिनेछ।
डेब्युलाई लिएर उत्साहित देखिएका सन्तोषले पोखरा लेकसाइडको भेटमा आफ्नो उमेर खुलाए। उनको ठ्याक्कै उमेर ४२ वर्ष हो।
४० कटेपछि अभिनयको संसारमा रमाउन आइपुगेका सन्तोष फिल्ममा हिरोको रूपमा यो उमेरमा भएको डेब्युलाई स्वाभाविक लिन्छन्।
‘कुनै पनि काम सुरु गर्न कहिले ढिला हुँदैन। सुरु नै नगर्नु चाहिँ समस्या हो’ उनले भने,‘उहाँले ढिला भयो ठान्नु भएको भए, त्यसबाट उहाँले पाउने असिम खुशी महसुस कसरी गर्नुहुन्थ्यो होला र? कुनै पनि कुराको कल्पनामा रमाउनु जति मजा छ, त्यो भन्दा बढी मजा त त्यो कल्पनालाई साकार बनाउनुमा छ नि होइन र?’
सबै चीजको तुलना उमेरबाट हुन नसक्ने उनको तर्क छ। उनले खोज्दै जाँदा आफ्नो क्षमता र खुबी प्रस्तुत गर्न उमेर तगारो नभएका उदाहरण प्रशस्तै पाइने बताउँछन्।
हुन पनि खोज्ने हो भने सन्तोषले भनेजस्तै काम गर्नलाई उमेर फगत एउटा संख्या हो भन्ने उदाहरण धेरै क्षेत्रमा छन्।
उनी ग्यालमरको क्षेत्र भएकाले यस्तो प्रश्न उठेको हुनसक्ने ठान्छन्। तर उनको बुझाइमा बलिउड हलिउडमा पनि पाका हिरोहरूको बोलवाला जारी रहेकाले आफूलाई करियर सुरु गर्न उमेरले नछेकेको बताउँछन्। उनी ‘चित्रा’ सिनेमाबाट निक्कै आशावादी छन्।
फिल्मले उनलाई अभिनय र एक्सन गर्न सक्ने हिरोको परिचय दियोस् भन्ने चाहानामा छन् । फिल्ममा उनलाई एउटा मायालु बाबुसँगै गज्जब एक्सनमा देख्न सकिनेछ।
‘चित्रा’को रिलिजपछि यी सबै जिज्ञासाको उत्तर पाउँछु होला। मेरो मेहनतले राम्रै परिणाम देला’, उनी भन्छन्।
ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी अख्तियारको नियन्त्रणमा, ३ लाख घुस रकमसमेत भेटियो


