हास्य र संगीतको साथ होटल गुञ्जमा नयाँ वर्षको उत्सव

हिमाल प्रेस १३ पुष २०८० १६:३२ | Friday, December 29, 2023
हास्य र संगीतको साथ होटल गुञ्जमा नयाँ वर्षको उत्सव

बर्दिबास– होटल गुञ्जले नयाँ वर्षको अवसर पारेर विशेष कार्यक्रम आयोजना गर्दैछ। स्वादिलो परिकारको साथ चर्चित कलाकारको प्रस्तुति रहने नयाँ वर्ष विशेष कार्यक्रम २०२३ डिसेम्बर ३१ आइतबारदेखि २०२४ जनवरी १ सोमबारसम्म हुनेछ।

कार्यक्रममा स्टयान्डअप कमेडियन आर्दश मिश्रा र द हाइम्स ब्याण्डको लाइभ म्युजिक रहने छ। नयाँ वर्षको दिनमा गायक अनिल गन्धर्व र द हाइम्स ब्याण्डको प्रस्तुति रहने छ। साथै नेपाली मोटोभ्लगर राजकुमार थापा, एलिसा खड्गी र इन्डियाका चर्चित सुपर बाइकरको पनि उपस्थिति रहने छ।

कार्यक्रमको बारेमा बोल्दै होटल गुन्जका म्यानेजर सुशान्त कार्कीले ग्राहकलाई मनोरञ्जन र स्वादिलो परिकार एकैसाथ पस्किन कार्यक्रम आयोजना गरिएको जानकारी गराए।

प्रकाशित: १३ पुष २०८० १६:३२ | Friday, December 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast