पूर्वगोर्खा आर्मीलाई खुकुरी रमको सम्मान

हिमाल प्रेस ८ पुष २०७९ १३:१८ | Friday, December 23, 2022
पूर्वगोर्खा आर्मीलाई खुकुरी रमको सम्मान

पोखरा– खुकुरी रमको उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले १२० जना पूर्वगोर्खा आर्मीलाई सम्मान गरेको छ। पोखरामा बिहीबार साँझ आयोजना गरिएको कार्यक्रममा सेवानिवृत गोर्खा सैनिकलाई सम्मान गरिएको हो।

भारतीय, बेलायती र सिंगापुर आर्मीलगायतमा काम गरी सेवानिवृतको कार्यक्रममा सहभागिता रहेको थियो। सो क्रममा इण्डियन आर्मीका रिटायर्ड सैनिक विष्णुप्रसाद श्रेष्ठ र क्वीन एलिजावेथ लगायतका प्रतिष्ठित मेडलबाट सम्मानित ब्रिटिश आर्मीको मेजर पदबाट सेवानिवृत दिलबहादुर गुरुङलाई विशेष सम्मान गरिएको थियो।

सोही कार्यक्रममार्फत लडाइँका क्रममा ज्यान गुमाएका गोर्खा सैनिकका दुई जना बालबच्चालाई उच्च शिक्षासम्मका लागि पूर्ण छात्रवृत्तिकोसमेत घोषणा गरिएको छ।

प्रकाशित: ८ पुष २०७९ १३:१८ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast