सिट्रोनको न्यू इयर बोनान्जा

हिमाल प्रेस १३ पुष २०८० १२:४० | Friday, December 29, 2023
सिट्रोनको न्यू इयर बोनान्जा

काठमाडौँ– नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर बोनान्जा’ ल्याएको छ। भारतमा बनेको फ्रेन्च डिएनए कार ब्रान्डको रूपमा विश्व प्रसिद्ध सिट्रोन इनोभेसन र स्टाइलको लागि नेपाली अटोमोबाइल उद्योगमा छुट्टै नाम बनाउन सफल भएको छ।

यस अफरअन्तर्गत ग्राहकहरूले सिट्रोनका दुई लोकप्रिय मोडल– सिट्रोन सी ३ (पेट्रोल भर्जन) र सिट्रोन ई सी ३ (विद्युतीय भर्जन) मा नगद छुटलगायत अन्य फाइदा प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार ग्राहकहरूले सिट्रोनको १.२ लिटर इन्जिन क्षमताको पेट्रोल भर्जन सिट्रोन सी ३ मा २ लाख र विद्युतीय भर्जन सिट्रोन ई सी ३ मा १ लाखसम्मको लाभ पाउन सक्नेछन्।

नयाँ वर्षको विशेष उपहारको रूपमा ग्राहकले प्रत्येक खरिदमा निःशुल्क सडक कर, एक वर्षको लागि निःशुल्क बिमा र निःशुल्क कार वास पाउन सक्नेछन्। यसबाहेक ग्राहकहरूले क्यास बेनिफिट र एक्सचेन्ज बोनस पनि प्राप्त गर्नेछन्।

प्रकाशित: १३ पुष २०८० १२:४० | Friday, December 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast