काठमाडौँ मलमा केएफसीको १५औँ शाखा

हिमाल प्रेस ८ पुष २०७९ १३:१४ | Friday, December 23, 2022
काठमाडौँ मलमा केएफसीको १५औँ शाखा

काठमाडौँ- अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा १५औँ शाखा विस्तार गरेको छ। कर्मचारी सञ्चय कोष भवन, काठमाडौँ मलमा देवयानी इन्टरनेसनल नेपाल प्रालिले केएफसीको फ्रेन्चाइज सुरु गरेको हो।

२३४० वर्ग फिटमा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ७० जना ग्राहकले सेवा लिन सक्नेछन्।

नयाँ शाखा सञ्चालनमा आएको अवसरमा केएफसीले क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा छुटको अवसरसमेत ल्याएको छ।

केएफसीको नयाँ शाखामा ग्राहकले आफूले अर्डर गरेको खानेकुरा बनिराखेको समेत ‘ट्रयाकिङ’ गर्न सक्नेछन्।

प्रकाशित: ८ पुष २०७९ १३:१४ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast