संस्कृति स्पोर्टस् सम्मान २०२३ कुशल मल्ललाई

हिमाल प्रेस १३ पुष २०८० १२:०९ | Friday, December 29, 2023
संस्कृति स्पोर्टस् सम्मान २०२३ कुशल मल्ललाई

काठमाडौँ– संस्कृति इन्टरनेसनल स्कुलले संस्कृति स्पोर्टस् सम्मान २०२३ नेसनल क्रिकेट आइकन कुशल मल्ललाई प्रदान गरेको छ। खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरूलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले २०२२ मा स्थापना गरिएको यो अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार एक उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ।

मल्ल एसियन गेम २०२३ को उद्घाटन खेलमा मंगोेलियाविरुद्ध टि–२० इन्टरनेसनल क्रिकेटमा ३४ बल खेल्दै विश्व कीर्तिमानी शतक बनाउने पहिलो खेलाडी बन्न सफल भएका थिए।

कुशल मल्ललाई उक्त अवार्ड स्कुलका अध्यक्ष रञ्जित आचार्य र निर्देशक दिप्ती आचार्यको उपस्थितिमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले हस्तान्तरण गरेका हुन्। अवार्डको साथै मल्ललाई १ लाख १ हजार रकमको चेक पनि प्रदान गरिएको छ।

सोही कार्यक्रममा सोनी पाख्रिनलाई ५० हजार बराबरको ट्रेनिङ स्कलरसिप पनि प्रदान गरिएको छ। यो स्कलरसिप व्यावसायिक तालिम लिन नसक्ने देशभरका १९ वर्षमुनिका खेलाडीमध्ये १ जना योग्य क्रिकेटरलाई प्रदान गरिन्छ। सोनी पाख्रिन हाल महिला राष्ट्रिय क्रिकेट टिममा आवद्घ छिन्। प्रशिक्षण पारस खड्काद्वारा सञ्चालित क्रिकेट एक्सिलेन्स सेन्टरमार्फत प्रदान गरिन्छ।

प्रकाशित: १३ पुष २०८० १२:०९ | Friday, December 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast