‘आइएमई पे’ बन्यो कन्दरा सांगीतिक ब्यान्ड कन्सर्टको टिकेटिङ पार्टनर

हिमाल प्रेस १२ पुष २०८० १५:२१ | Thursday, December 28, 2023
‘आइएमई पे’ बन्यो कन्दरा सांगीतिक ब्यान्ड कन्सर्टको टिकेटिङ पार्टनर

काठमाडौँ– डिजिटल वालेट आइएमई पे कन्दरा सांगीतिक ब्यान्डद्वारा नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश अनि परदेश– आन्तरिक पर्यटनको प्रवद्र्धन’ सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको टिकेटिङ पार्टनरको रूपमा रहने भएको छ। जसले आफ्नो आधिकारिक मोबाइल एपबाट टिकट बिक्री गर्नेछ।

हङकङ पोखरा, तगारोमा रूमाल, लेककी हे माया, तिमी पारी, डाँडापारी आदि कालजयी गीत प्रस्तुत गरी नेपाली फोक–पप संगीतमा आफ्नो अमिट छाप छोडेको कन्दरा ब्यान्डले पुस २७ गते पोखरा प्रदर्शनी केन्द्रबाट आफ्नो प्रत्यक्ष सांगीतिक कार्यक्रम सुरू गर्दैछ। पहिलो कार्यक्रम पोखराबाट सुरू गरी अन्तिम कार्यक्रम काठमाडौँमा समापन गर्ने लक्ष्य कन्दरा ब्यान्डको व्यवस्थापन कम्पनी एल्फा स्क्वायरले जनाएको छ।

पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा–प्रतिष्ठान, लायन्स क्लब अफ पोखरा– सामीप्य आदि संघसंस्थाले प्रवद्र्धन गरिरहेका छन्।

प्रकाशित: १२ पुष २०८० १५:२१ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast