लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावरमा रणनीतिक लगानी गर्ने

हिमाल प्रेस १२ पुष २०८० १४:३७ | Thursday, December 28, 2023
लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावरमा रणनीतिक लगानी गर्ने

काठमाडौँ– लक्ष्मी क्यापिटल कोष प्रवद्र्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानी गर्ने भएको छ।

विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ अन्र्तगत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्नको लागि इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीमध्ये लक्ष्मी क्यापिटल एक हो। लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड लक्ष्मी क्यापिटलको पहिलो प्राइभेट इक्विटी कोष हो।

कोषको आकार १ अर्बको रहेको छ। यो कोषले जलविद्युत्, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ।

युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले माथिल्लो फवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। आयोजना निर्माण अन्तिम चरणमा पुगिसकेको छ। ताप्लेजुङ जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ५.८ मेगावाट छ।

प्रकाशित: १२ पुष २०८० १४:३७ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast