नबिल बैंकका सबै काम मोबाइलबाटै

हिमाल प्रेस ८ पुष २०७९ १२:४३ | Friday, December 23, 2022
नबिल बैंकका सबै काम मोबाइलबाटै

काठमाडौँ– नबिल बैंक लिमिटेडले एन बैंक (नियो बैंक) सञ्चालमा ल्याएको छ। बिहीबार भर्चुअल कार्यक्रम गरी बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एन बैंक एण्ड अपरेसनका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्तरूपमा एन बैंकको शुभारम्भ गरेका हुन्।

नबिल बैंकले एन बैंकलाई ‘भर्चुअल शाखा’को रूपमा स्थापना गरेको जनाएको छ। अध्यक्ष पौड्यालले एन बैंकले बैंकिङ व्यवहारमा परिवर्तन ल्याउने र दीगो बैंकिङमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। उपाध्यक्ष चौधरीले एन बैंकको प्रयोग गरी ग्राहकले जुनसुकै समय र स्थानबाट डिजिटल बैंकिङ सेवा प्राप्त गर्न सक्ने जानकारी गराए। उनले भने, ‘एन बैंक भौतिक शाखाविनाको भर्चुअल बैंकिङ हो।’

एन बैंकमार्फत् ग्राहकले मोबाइल फोनको सहायताले खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै बैंकिङ सेवा लिन सक्नेछन्।

कसरी चलाउने एन बैंक?

एन बैंक मोबाइल बैंकिङ एपलाई पूर्ण रूपमा परिमार्जन गरेर सुरु गरिएको डिजिटल बैंक हो। यसअघि नबिल स्मार्ट बैंक एप प्रयोग गरिरहेका ग्राहकले अपडेट गर्ने अवसर पाउँछन्। जहाँ लोगोे ‘ए’ बाट एन बैंकको ‘एन’मा परिणत हुन्छ।

नबिल बैंकमा खाता नखोलेका ग्राहकले पनि अब एन बैंक एपबाट खाता खोल्न सक्नेछन्। यसबाट ग्राहकले ‘एन रेमिट’ छनोट गरेर रेमिट्यान्सको कामसमेत गर्न पाउनेछन्। विदेशमा बस्ने ग्राहकले पनि अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एन बैंक एपमा दर्ता गर्न र नबिल बैंकमा खाता सञ्चालन गर्न सक्नेछन्।

प्रकाशित: ८ पुष २०७९ १२:४३ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast