हिमालयन डिस्टिलरीको सिल्भर ओक बजारमा

हिमाल प्रेस १२ पुष २०८० १३:५४ | Thursday, December 28, 2023
हिमालयन डिस्टिलरीको सिल्भर ओक बजारमा

काठमाडौँ– हिमालयन डिस्टिलरी लिमिटेडले ओक सिरिजलाई थप परिष्किृत गर्दै सिल्भर ओक ह्वाइट स्पिरिटमा नयाँ ब्राण्डको मदिरा सार्वजनिक गरेको छ।

हिमालयन डिस्टिलरीका गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओकजस्ता चर्चित ब्रान्ड बजारमा छन्। नयाँ उत्पादन सिल्भर ओकले उपभोक्ता माझ फरक स्वाद र अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

हिमालयन डिस्टिलरीका प्रमुख कार्यकारी अधिकृत निरज सुवेदीले सिल्भर ओकले उपभोक्तालाई अलग्गै स्वाद प्रदान गर्नुको साथै बजारमा कम्पनीको उपस्थितिलाई उल्लेख्य बढाउने दाबी गरे। सिल्भर ओक ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलमा बजारमा उपलब्ध छ।

प्रकाशित: १२ पुष २०८० १३:५४ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast