नबिलले ल्यायो इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टाभित्रै ऋण पाइने

हिमाल प्रेस १२ पुष २०८० १२:५७ | Thursday, December 28, 2023
नबिलले ल्यायो इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टाभित्रै ऋण पाइने

काठमाडौँ– नबिल बैंक लिमिटेडले सुन धितो राखी ऋण लिन सक्ने ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना ल्याएकोे छ। आफूलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र ऋण पाउने गरि बैंकले यो योजना ल्याएको हो।

यो ऋण योजनाअन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ। आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधि तोकिएको छ। यो योजनामा सुनको लागि निःशुल्क बिमाको व्यवस्था पनि गरिएको छ।

नबिलले तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवा दिने जनाएको छ। जसमा उपत्यका भित्रका ग्राहकले कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट लिन सकिन्छ। उपत्यका बाहिरका ग्राहकले धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगन्ज (भानुभक्त चोक), फिदिम र चिप्लेढुङ्गाबाट सुन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ।

प्रकाशित: १२ पुष २०८० १२:५७ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast