जुवातास खेलिरहेका दशजना प्रहरी नियन्त्रणमा

हिमाल प्रेस ११ पुष २०८० १६:१२ | Wednesday, December 27, 2023
जुवातास खेलिरहेका दशजना प्रहरी नियन्त्रणमा प्रतीकात्मक तस्बिर।

काठमाडौँ- जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १० जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ तहाचलस्थित काठमाडौँ महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई ५५ हजार तीन सय, आठ हजार भारतीय मुद्रा र एक बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित: ११ पुष २०८० १६:१२ | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast