१७ अंकले घट्यो नेप्से, यी हुन् बढी कमाउने चार कम्पनी

हिमाल प्रेस ११ पुष २०८० १५:२४ | Wednesday, December 27, 2023
१७ अंकले घट्यो नेप्से, यी हुन् बढी कमाउने चार कम्पनी

काठमाडौँ– दुई दिनको बिदापछि बुधबार खुलेको सेयर बजार १७ अंकले ओरालो लागेको छ। ०.८२ प्रतिशतले घट्दा परिसूचक २०७० बिन्दुमा ओर्लिएको छ।

नेप्से परिसूचक घटे पनि चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। आज नेपाल इन्स्योरेन्स कम्पनी, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र चिरख्वा हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज निर्जिवन बिमा बाहेक सबै उपसमूहको सूचक घटेको छ। निर्जिवन बिमाको उपसमूह चाहिँ १.१६ प्रतिशतले बढ्यो।

बुधबार ५ अर्ब २४ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज कुल ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बुधबार सोना मिनिरल्स एण्ड ओयलको १९ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै शिवम् सिमेन्टको १८ लाख ६६ हजार, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६ करोड ७० लाख र हाथवे इन्भेस्टमेन्टको सेयर १६ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ।

प्रकाशित: ११ पुष २०८० १५:२४ | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast