काठमाडौँ- जापानको विश्व प्रसिद्ध ‘जोजिरुसी’का उत्पादनहरू नेपालमा औपचारिक बिक्री सुरु भएको छ। आफ्नो ट्रेड कन्सर्न प्रालिले ‘जोजिरुसी’का उत्पादनहरू नेपालमा भित्र्याएको हो।
सन् १९१८ मा स्थापना भएको जोजिरुसीले सुरुमा भ्याकुम इन्सुलेसन बोतलहरूको निर्माण गरेर आफ्नो यात्रा सुरु गरेको थियो। अहिले जोजिरुसीले राइस कुकर, ब्रेडमेकिङ मेसिन र अन्य किचन अप्लाइन्सेसहरूको उत्पादन गर्दै आएको छ।
जोजिरुसीका उत्पादनहरू बिक्री गर्न आफ्नो ट्रेड कन्सर्नले सोमबारबाट ललितपुरको पुल्चोकमा रहेको लबिम मलको एल-६ मा स्टोर सञ्चालनमा ल्याएको छ। उक्त स्टोरमा उपभोक्ताहरूले आफैँले सामान निरीक्षण गर्न र सामानहरू प्रयोगको बारेमा स्टोरमा कार्यरत कर्मचारीबाट आवश्यक जानकारी लिन सक्ने आफ्नो ट्रेड कन्सर्नले जानकारी दिएको छ।
जोजिरुसीका मुख्य उत्पादनहरू राइसकुकर, ब्रेडमेकिङ मेसिन, पानी खाने बोतल, भ्याकुम इन्सल्टेड मग र बोतल, जारलगायत हुन्। एक सय वर्षभन्दा लामो इतिहास बोकेको कम्पनीबाट उत्पादित उत्पादनहरू गुणस्तरीय, स्वास्थ्यमैत्री र टिकाउ रहेको आफ्नो ट्रेड कन्सर्नले जनाएको छ।
यसका उत्पादनहरू जापान, अमेरिका, सिंगापुर, युरोपलगायत विश्वका प्रमुख बजारहरूमा समेत उपलब्ध छन्। आफ्नो ट्रेड कन्सर्नले हाल विभिन्न प्रकारका राइसकुकर, ब्रेडमेकिङ मेसिन लगायतका सामग्री आयात गरेर बिक्रीवितरण सुरु गरेको जानकारी दिएको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

