शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न

हिमाल प्रेस ९ पुष २०८० १४:४७ | Monday, December 25, 2023
शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न

काठमाडौँ– शौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेसनको सहकार्यमा मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

मिथिला चित्रकला मधेशक शान, एहिके उजागर करब शौर्यक अभियान मूल नाराका साथ सुरु भएको प्रतियोगिता तीन जना विजेता र १२ जनालाई सान्त्वना पुरस्कार प्रदान गर्दै सम्पन्न भएको छ।

प्रतियोगितामा सप्तरीकी मिथिला चित्रकार रूवी कर्ण पहिलो, महोत्तरीकी नेहा कुमारी दोस्रो र धनुषा जनकपुरधामकी विना कर्ण तेस्रो भइन्। प्रतियोगितामा प्रथम हुनेलाई नगद ७५ हजार, दोश्रोलाई ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजार दिइएको छ। साथै १२ जनालाई सान्त्वना पुरस्कार नगद ११ हजारसहित सम्मा पत्र प्रदान गरिएको थियो। तेश्रो चरणको कार्यक्रममा सहभागी १५ जनाले शौर्य सिमेन्ट उद्योगको पर्खालमा मिथिला चित्रकला बनाएका थिए।

प्रतियोगितामा निर्णायकको भूमिकामा मिथिला चित्रकार श्यामसुन्दर यादव, सुनैना ठाकुर र मिथिला देवी थिए।

प्रकाशित: ९ पुष २०८० १४:४७ | Monday, December 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast